५ दिने शिशुसहित थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, १८ असोज । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ महिला र ३ पुरुष गरि थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया, मकवानपुरकी ५ दिने शिशु, बाँकेकी २५ वर्षीया र कञ्चनपुरकी २९ वर्षीया गरि ४ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै ललितपुरका ७७ वर्षीय, काठमाडौंका ५५ वर्षीय र बाँकेका ६० वर्षीय गरि ३ जना पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६२ प्रतिशत हो ।
यस्तै हाल नेपालभर २ सय २६ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ३४ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।