नेपालमा दैनिक २ हजारभन्दा बढीले थपिँदै कोरोना संक्रमित, संख्या ८६ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १८ असोज । नेपालमा थप २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ८४ पिसिआर परीक्षण गरिएकोमा थप दुई हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्छि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको बताए ।

यस्तै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ६४ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय २९ जना कोरोना संक्रमित स्वस्थ भएको र निको हुनेको संख्या ६४ हजार ६९ पुगेको बताए । यो दर कुल संक्रमितको ७३ दशमलव ७ प्रतिशत हो ।

नेपालमा हाल २२ हजार २ सय १९ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका भने ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।  

Last modified on 2020-10-04 16:26:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts