डा. केसीको अनसन २१ औं दिनमा: छाती दुख्ने र सास फेर्न गाह्रो हुँदा अक्सिजन सपोर्टमा राखियो



Download our app to get more features

 काठमाडौं, १८ असोज । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल हुन थालेको छ।

डा. केसीलाई छाती दुख्ने र सास फेर्न अफ्टयारो भएपछि अक्सिजन सपोर्टमा राखिएको उनका सहयोगी प्रितम सुवेदीले बताए ।

हाम्रो डाक्टर न्युजसँगको कुराकानीमा उनले डा. केसीलाई छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिए बताए ।

डा. केसीलाई एक्कासी अरु बेला भन्दा धेरै छाती दुख्ने अनि सास फेर्न गारो हुने भएको एक घण्टा भएको छ ।

सुवेदीका अनुसार डा. केसीलाई अक्सिजन सपोर्टमा राखिएको हो।

डा. केसीले अन्य अत्यावश्यक तत्व र औषधिहरु भने लिन मानेका छैनन्।

डा. केसीले आफ्नो १९औं अनसन सुरु गरेको २१ दिन पुगिसकेको छ। तर, सरकारले वार्ता प्रक्रिया अघि बढाएको छैन ।

गत बिहीबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका थिए। तर डा केसीले भने अस्वीकार गरेका थिए।

Last modified on 2020-10-04 14:03:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts