सेती अस्पतालबाट रेफर कोरोना संक्रमित महिलाको मृत्यु



Download our app to get more features

धनगढी, १८ असोज । सेती प्रादेशिक अस्पतालबाट थप उपचारका लागि रेफर गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। प्रादेशिक अस्पतालबाट रेफर भएपछि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा संक्रमित महिलाको मृत्यु भएको हो।

उनी कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर २ निवासी २९ वर्षीया महिला हुन्। उनको आज बिहान साढे ४ बजे मृत्यु भएको मेडिकल कलेजले जनाएको छ।

मृतकका श्रीमानले दएको जानकारी अनुसार असोज १३ गते सेती प्रादेशिक अस्पतालमै उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन्।

उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो। त्यसपछि उनको पाठेघरको शल्यक्रिया साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो।

कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १५ गते रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि १६ गते रेफर गरिएपछि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि ल्याईएको बताउँदै उनले आज बिहान मृत्यु भएको बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts