कोरोना संक्रमणबाट विराटनगरमा थप एकजनाको मृत्यु



Download our app to get more features

विराटनगर, १८ असोज । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

 उनको उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे  मृत्यु भएको कोभिड उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देले बताए । 

शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोसी अस्पताल रेफर गरेको थियो ।  उनी मधुमेहका बिरामी पनि थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts