सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना



Download our app to get more features

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएपछि काम प्रभावित भएको छ । 

न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ ।
अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार यसअघि दैनिक ९/१० वटा इजलासमा मुद्दा सुनुवाइ हुँदै आए पनि आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ। 

आज बन्दी प्रत्यक्षीकरणको निवेदनमा समेत सुनुवाइ हुने छैन । कोरोना सङ्क्रमण पुष्टि भएका न्यायाधीशसहित अरु कर्मचारी आ-आफ्नो घरमै आइसोलेशनमा बसेको उनले जानकारी दिए ।    

Last modified on 2020-10-04 12:00:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts