कोरोना संक्रमण पुष्टि भएको चितवनका ६२ वर्षीय पुरुषको भतरपुर अस्पतालमा मृत्यु



Download our app to get more features

चितवन, १८ असोज । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२  वर्षीय पुरुषको आइतवार बिहान ६ः३५ बजे मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनका अनुसार ती पुरूष असोज १६ गते संक्रमण पुष्टि सहित सोही दिन साँझ ६ बजेतिर अस्पताल भर्ना भएका थिए ।

मृतक पुरूष खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनलाई सिधै कोभिड–१९ आइसीयूमा राखेर उपचार थालिएको थियो । 

अस्पतालका अनुसार ती पुरूषमा गम्भीर खालको निमोनिया र सेप्सिस देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिकाका ७८ वर्षीय वृद्वको शुक्रवार र नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका–२ दुम्किबासका ३६ वर्षीय पुरुषको शनिवार यसै अस्पतालमा मृत्यु भएको थियो । यसरी तीन दिनयता भरतपुर अस्पतालमा लगातार तीन जना संक्रमितको मृत्यु भएको छ ।

Last modified on 2020-10-04 09:08:59

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts