चितवनमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि 



Download our app to get more features

चितवन, १८ असोज । चितवनमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ४६ जना पुरूष र २६ जना महिला महिला रहेका छन् । जसमध्ये ४९ जना जिल्ला भित्रका छन् भने २३ जना बाहिरी जिल्लाका छन् ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३४ जना छन् । त्यसैगरि रत्ननगर नगरपालिकाका ८, खैरहनी नगरपालिकाका ५, कालिका र माडी नगरपालिकाका समान १/१ जना रहेका छन् ।

शनिवार प्रयोगशालामा २ सय ८० वटा नमुना परीक्षण गरिएको मध्ये ७२ जनामा संक्रमण पुष्टि भएको मेडिकल कलेजले जनाएको छ । बाँकी २ सय ८ वटा नमुनाको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

Last modified on 2020-10-04 07:33:23

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts