प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना



Download our app to get more features

काठमाडौ, १७ असोज । प्रधानमन्त्रीनिवास बालुवाटारमा खटिएका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। 

नेपाली सेनालका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको हो ।

अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।
यसअघि प्रधानमन्त्रीको सचिवालयका ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।  

शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts