प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना

 ओलीको स्वाब सङ्कलन हुँदै



Download our app to get more features

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहित तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मुख्य सल्लाहकार रिमालसहित प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना देखिएको छ । सबैले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको  र आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेकाछन् । 

चार जनासहित केही चालकमा पनि कोरोना पुष्टि भए पनि लक्षण देखिएको छैन । तीन दिनअघि प्रधानमन्त्रीको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको तर आफूहरुमा पोजेटिभ देखिएपछि फेरि स्वाब सङ्कलनको तयारी भएको छ । 

सल्लाहकारलाई नै कोरोना पुष्टि भएपछि प्रधानमन्त्री पनि जोखिममा रहेकाछन् । तर प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीसँग भेट्दा आफूहरुले मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजर लगाउने जस्ता सतर्कता अपनाएको बताएकाछन् ।  

Last modified on 2020-10-03 19:36:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts