काठमाडौ उपत्यकामा ११७७ संक्रमित थपिए

काठमाडौं, १७ असोज । गएको २४ घण्टामा काठमाडौ उपत्यकामा १ हजार १ सय ७७ संक्रमित थपिएकाछन् ।
काठमाडौमा १ हजार १ जना, भक्तपुुरमा ६७ जना र ललितपुरमा १०९ जनामा गरी कुल १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको छ। योसँगै काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन्।
आज देशभर २ हजार १२० जनामा कोरोना संक्रमण देखिएको छ ।यस्तै, २ हजार ४४ जना कोरोना मुक्त भएकाछन् ।