भरतपुर अस्पतालमा उपचाररत नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

चितवन, १७ असोज । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका–२ दुम्किबासका ३६ वर्षीय पुरुषको शनिवार अपरान्ह ४ः५० बजे मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । 

उनका अनुसार पुरूष शनिवार मध्यान्ह १२ बजे अस्पताल भर्ना भएका थिए । असोज १३ गते कोरोना संक्रमण पुष्टि भएका उनी आइसोलेसनमा बस्दै आएका थिए ।

मृतक पुरूषमा खोकी, श्वासप्रश्वास र कलेजोमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका थिए । उनलाई कोभिड–१९ आइसीयूमा राखेर उपचार गरिएको थियो ।
 
अस्पतालका अनुसार ती पुरूष लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेका थिए । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय पुरुषको शनिबार बिहान १०ः४४ बजेतिर मृत्यु भएको थियो ।

Last modified on 2020-10-03 19:07:30

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts