थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु, नेपालमा संख्या ५ सय २८ पुग्यो



Download our app to get more features

काठमाडौं, १७ असोज । नेपालमा थप ८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ महिला र ५ पुरुष गरि थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीकी २८ वर्षीया, मोरङकी ६८ वर्षीया र चितवनकी ७६ वर्षीया गरि तीन जना महिला रहेका छन् । यस्तै  ललितपरका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर २ सय १७ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ३१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2020-10-03 17:34:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts