नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार नाघ्यो, ६२ हजारभन्दा बढी स्वस्थ



Download our app to get more features

काठमाडौं, १७ असोज । नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १२ हजार ९ सय ७८ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

उनले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८४ हजार ५ सय ७० पुगेको जानकारी गराए ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालभर थप २ हजार ४४ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या ६२ हजार ४ सय ४० पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलव १ प्रतिशत हो ।

हाल नेपालभर २१ हजार ३ सय २ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ९ हजार ७ सय ७३ जना संस्थागत आइसोलेसनमा छन् भने ११ हजार ५ सय २९ जना होम आइसोलेसनमा रहेका छन् । 

हाल नेपालभर ४ हजार २ सय ७३ जना मात्रै क्वारेन्टाइनमा रहेको पनि बताइएको छ ।

Last modified on 2020-10-03 16:29:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts