चितवनको पुरानो मेडिकल कलेजमा २४ घण्टाभित्र २ जना कोरोना संक्रमितको मृत्यु

चितवन, १७ असोज । चितवनको पुरानो मेडिकल कलेजमा पछिल्लो २४ घन्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय पुरुषको शनिबार बिहान १०ः४४ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी कलेजोको समस्या भई असोज १५ गते अस्पताल भर्ना भएका थिए । उनमा शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै अस्पतालको कोभिड आईसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि भरतपुर महानगरपालिका ११ की ७६ वर्षीया एक संक्रमित वृद्वाको शुक्रवार बिहान ११ः४५ वजे मृत्यु भएको थियो । अस्पतालका अनुसार ती वृद्वामा ज्वरो र स्वासप्रश्वासका कारण असोज १० गते भर्ना भएकी उनको असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।