सुनसरी र मोरङमा गरि थप २ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, १७ असोज । सुनसरी र मोरङमा गरि थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीकी २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको हो ।
असोज ८ गते कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनमा अन्य कुनै दीर्घरोग थिएन ।
यस्तै आजै बिहान विराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।