नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल गरिने



Download our app to get more features

काठमाडौं, १६ असोज । कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने गरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेलु नामक औषधिलाई कोभिड‍–१९ का लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।

परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले कोरोनासँग मिल्दो भाइरसका लागि जापान, चीन, रसियालगायत देशमा प्रयोग भइरहेको फ्याबिपिराभेलु नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताए । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको बताएका छन् ।  ।

त्यो औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र त्यो औषधिलाई कोभिड–१९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको हो, उनले भने। 

यसबाहेक नेपालमै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ । परिषद्का सदस्य सचिव ज्ञवालीले प्रदेश नं ५ र प्रदेश नं २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको जानकारी दिएकाछन् । जसमा जेठी मधु  र तीन कटु (पिप्ला, मरिच र सुठो) को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको बताए । 

आयुर्वेदिक औषधिले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यताअनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको हो । आयुर्वेद अस्पतालले कोरोनाका बिरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडीबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ । यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरसजन्य रोगका लागि औषधि बनाउने नेपाल पहिलो देश हुनेछ । 

Last modified on 2020-10-02 21:22:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts