सक्रिय सङ्क्रमित २५ हजार पुगे पनि लकडाउन गर्ने योजना छैन



Download our app to get more features

काठमाडौं, १६ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नगर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको स्पष्ट पारेकाछन् । गएको ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार जना सक्रिय सङ्क्रमित भए सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै लकडाउनको सिफारिस गर्ने निर्णय गरेको थियो ।

सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटलमा राख्ने योजना सरकारको छ ।

सरकारले गएको चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन तथा भदौ ४ गतेदेखि अन्तिम हप्तासम्म काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरेको थियो ।  निजी स्वास्थ्य सङ्घ संस्थासंँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्ने उनले बताए । 

यसैबीच, शुक्रबार नै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिसँग भेटी लकडाउन तत्काल नहुने भन्दै हल्लाको पछि नलाग्न अनुरोध गरेकाछन् ।  

व्यवसायीहरुले बिस्तारै उद्योगधन्दा खुल्न लागेका अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts