काठमाडौं उपत्यकामा अहिले सम्मकै उच्च १६३८ कोरोना संक्रमित

काठमाडौं, १६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। यो उपत्यकाको अहिले सम्मकै उच्च संक्रमण हो।
काठमाडौंमा १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७ सय ४१ पुगेको छ।
काठमाडौंमा २१ हजार ६ सय ७३ ललितपुरमा २ हजार ६ सय ८७ र भक्तपुरमा २ हजार ३ सय ८१ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय २२ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४ सय ५० पुगेको छ। २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १ सय ९६ पुगेको छ।
Last modified on 2020-10-02 19:33:13