चिकित्सक संघ चितवनद्वारा अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन
फोटो फिचर

चितवन, १६ असोज । नेपाल चिकित्सक संघ चितवन शाखाले शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् ।
शाखाद्वारा शुक्रवार बिहान १० बजेतिर भरतपुर अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा चिकित्सकहरुले उनको जायज मागहरूप्रति आफूहरूको ऐक्यवद्धता रहेको जनाएका छन् । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका प्राडा. कृष्ण पौडेलले प्राडा. केसीको मागहरू जायज रहेको भन्दै तत्काल माग पुरा गर्न सरकारसंग आग्रह गरेका छन् । उनले चिकित्सा शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका प्राडा. केसीको जीवन रक्षाको माग समेत गरेका छन् ।
चिकित्सक संघ चितवनका अध्यक्ष प्राडा. लोकबहादुर सेढाईले प्राडा. केसीका माग तत्काल पुरा नभए चरणवद्व रूपमा आन्दोलनका कार्यक्रमहरू गरिने बताएका छन् ।
कार्यक्रममा ‘डा केसीको माग पुरा गर’, ‘सरकार अबिलम्ब वार्ता गर, डा केसीको जीवन रक्षा गर’, ‘स्वास्थ्य र शिक्षामा व्यापारिकरण बन्द गर’, ‘कोरोनासँग लडौँ कि, अराजकतासँग लडौँ’, ‘डा केसी जिउँदो समाजवाद हुन्, हामी उनलाई जोगाई राख्नेछौं’, लगायतका प्लेकार्डहरु बोकेर चिकित्सक, फर्मासिष्ट र अन्य स्वास्थ्यकर्मीले समेत शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
तस्वीरमा हेरौं प्रदर्शनका केही झलकः
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।