नेपालमा एकैदिन ३३ सयभन्दा बढी कोरोना संक्रमित स्वस्थ, संक्रमितको संख्या ८२ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १६ असोज । नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १४ हजार ७ सय ३९ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार २७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । उनले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ४५ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना संक्रमित स्वस्थ भएका छन् । प्रवक्ता डा गौतमले नेपालमा पछिल्लो २४ घन्टामा नेपालभर ३ हजार ३ सय ७ जना कोरोना संक्रमित स्वस्थ भएको बताए । 

यो सँगै नेपालमा कोरोना संक्रमपछि निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । यो दर कुल संक्रमितको ७३ दशमलव ६ प्रतिशत हो ।

हाल नेपालमा २१ हजार २ सय ३४ सक्रिय संक्रमित रहेका छन् ।

Last modified on 2020-10-03 16:17:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts