अनसनरत डा केसीको जीवन रक्षाबारे गम्भीर भएर सोच्न पूर्व राष्ट्रपतिको आग्रह



Download our app to get more features

 काठमाडौं, १६ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षण अस्पताल महाराजगन्ज पुगेर चिकित्सा शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा गोविन्द केसीलाई भेटेका छन् ।

विश्व अहिंसा दिवसको उपलक्ष्यमा डा यादवले डा.केसीलाई भेटेर सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिएका छन् ।

केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रसंशा गर्दै डा केसीको जीवन रक्षाका लागि सरकारलाई गम्भीर भएर सोच्न आग्रह गरेका छन् ।

यस्तै यादवले डा केसीले उठाएका माग जनआवाज भएको भन्दै उनको माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

भदौ २९ गतेदेखि अनसन थालेका डा केसी शुक्रवार १९ औं दिनपनि असनसन जारी छ । तर उनको माग सम्बोधनका लागि सरकारले कुनै पहल थालेको छैन ।

Last modified on 2020-10-02 14:13:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts