चितवनमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, भरतपुरमा संक्रमितको संख्या १३ सय नाघ्यो

चितवन, १६ असोज । चितवनमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा ६९ र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा २५ गरी बिहीवार गरिएको परीक्षणमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ७२ जना जिल्ला भित्रका छन् भने २२ जना बाहिरी जिल्लाका छन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ५० जना छन् । बाँकी २२ जना अन्य विभिन्न पालिकाका रहेका छन् । योसँगै भरतपुर महानगरपालिका भित्र अहिलेसम्म संक्रमित हुनेको संख्या १ हजार ३ सय २२ पुगेको छ । जसमध्ये ५ सय ४३ जना निको भएका छन् ।
यो सहित जिल्लाका संक्रमितको संख्या २ हजार नाघेको छ । जसमध्ये बिहीवारसम्म ९ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
Last modified on 2020-10-02 08:22:47
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।