राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, १५ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि ज्ञवाली होम आइसोलेसन बसेका छन्।

 ज्ञवालीको स्वाब परीक्षणको रिपोर्ट गएको सोमबार वीर अस्पतालले दिएको थियो। सोमबार उनको  रिपोर्ट पोजेटिभ आएको भए पनि आज ट्वीटरमार्फत् कोरोना भएको जानकारी आफैंले दिएका छन्।

ज्ञवालीको परिवारका सदस्यको पनि स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts