काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

 गएको २४ घण्टामा ९४३ थपिए



Download our app to get more features

काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। 
 

काठमाडौंमा ८ सय १७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ। 

काठमाडौंमा २० हजार ३ सय ९३, ललितपुरमा २ हजार ५ सय २५ र भक्तपुरमा  २ हजार १ सय ८५ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर १९११  जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै संक्रमितको कूल संख्या ७९ हजार ७ सय २८ पुगेको छ। २४ घण्टामा ९ सय ६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts