नेपालमा थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ६१ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, १५ असोज । नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १द्द हजार ४ सय ४४ पिसिआर परीक्षण गर्दा थप १९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २३ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित स्वस्थ भएको र नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । यो दर कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts