जानी राखौं,शाकाहारी भोजन गर्नुका यी ७ फाइदा
आज एक अक्टुबर, विश्व शाकाहारी दिवस । यसको अर्थ शाकाहारी खानालाई प्रोत्साहन गर्नु र मानिसलाई यसको फाइदाको बारेमा जागरुक बनाउनु हो । शाकाहारी खाना स्वस्थकर हुन्छ । शाकाहारी खानाले तौल कम गर्नमा मद्दत गर्नुका साथै मधुमेहलाई पनि नियन्त्रण गर्ने काम गर्छ । मुटुको रोगबाट जोगाउनमा उपयोगी शाकाहारी खानाले क्यान्सरका रोगबाट पनि जोगाउनमा सहयोगी हुन्छ ।
उसो हेर्ने हो भने शाकाहारी खानाबाट सबै प्रकारका पोषक तत्व प्राप्त हुँदैन । शाकाहारी खानालाई लिएर कतिपय मानिसहरुलाई भ्रम पनि हुने गरेको छ, जसका कारण उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पनि पर्न जान्छ ।
आजभोलि मांसाहारी भोजन रुचाउनेहरुभन्दा शाकाहारी भोजन मन पराउनेहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
हुनतः मानिसहरु स्वादिस्टका लागि मांसाहारी भोजन रुचाउँछन् । तर स्वास्थ्यका लागि भने यी भोजन विल्कुलै ठिक नभएको चिकित्सकहरुको भनाई छ ।
मांसाहारी भोजनले बेला बेलामा स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा मानिसहरु शाकाहारी भोजनतर्फ आकर्षित हुन थालेका छन् । चिकित्सकहरुले पनि शाकाहारी भोजन स्वास्थ्यका लागि निकै लाभदायक हुने बताउँछन् ।
जानी राखौं, शाकाहारी भोजन गर्नुका यी ७ फाइदाहरु :
– सर्वप्रथम त शाकाहारी भोजन गर्ने व्यक्तिको १५ वर्ष जति आयु बढ्ने विश्वास गरिन्छ ।
– शाकाहारी भोजन गर्नाले हृदयघातबाट बचाउँन मद्दत गर्दछ ।
– ७० प्रतिशत शुद्ध खाने पानी बचत हुन्छ ।
– नियमित रुपमा शाकाहारी भोजन गर्नाले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
– मुटुरोग सम्बन्धी जोखिमलाई कम गर्दछ ।
– टाइप–२ मधुमेहबाट बचाउन मद्दत गर्दछ ।
– शाकाहारी भोजनले हाम्रो रक्तचापलाई सन्तुलनमा राख्ने काम गर्दछ ।