नेपालमा सूर्तिजन्य पदार्थको सेवन गर्ने युवाको संख्या बढ्दो



Download our app to get more features

काठमाडौं, १५ असोज । नेपालमा सूर्तिजन्य पदार्थको सेवन युवको संख्या बढेको छ । नेपाल अनुसन्धान परिषदले गरेको सवेक्षणले यस्तो देखाएको होे ।

सूर्तिजन्य पदार्थको सेवन गर्ने युवाको प्रतिशत २८.९ प्रतिशत रहेको छ । जसमा ४८.३ प्रतिशत पुरुष रहेका छन् भने ११.६ प्रतिशत महिला रहेका छन् ।

यस्तै, दैनिक धुम्रपान सेवन गर्नेको संख्या १७.१ प्रतिशत रहेको छ । त्यस मध्ये २८.० प्रतिशत पुरुष रहेका छन् भने ७.५प्रतिशत महिला रहेका छन् ।

दैनिक धुम्रपान गर्ने मध्य, पहिलो पटक धुम्रपान गर्न शुरु गर्दाको औसत उमेर पुरुषको तुलनामा महिला धेरै रहेको सवेक्षणले देखाएको छ । जसमा पुरुषको सख्या १७.७ प्रतिशत छ भने, महिला १८.८ प्रतिशत रहेका छन् ।

यस्तै दैनिक रुपमा विद्युतिय चुरोट प्रयोग गर्नेको प्रतिशत ०.८ रहेको छ । जसमा पुरुषको संख्या १.७ प्रतिशत रहेको छ ।

जीवनमा कहिल्यै मद्यपान सेवन नगर्नेको पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । ८६.५ प्रतिशत महिलाले कहिल्यै मद्यपान सेवन नगर्ने तथ्यले देखाएको छ भने ५६.० प्रतिशत पुरुषले कहिल्यै मद्यपान गर्दैनन् ।

नेपालमा नसर्ने रोग सम्बन्धी जोखिम तत्वको सर्वेक्षण फेब्रुअरीदेखि मे २०१९ सम्म गरिएको थियो । यस सर्वेक्षणमा जनसांख्यिक र बानीब्यहोरा सम्बन्धी (सूर्तिजन्य पदार्थ, मदिरा, आहार, शारीरिक क्रियाकलाप) विवरणहरु संकलन गरिएको थियो ।

यो सर्वेक्षण १५/६९ वर्ष उमेर समुहका वयस्कहरुको जनसंख्यामा आधारित भएर गरिएको थियो ।

 

Last modified on 2020-10-01 13:56:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts