पत्रकार महासंघ चितवनका उपाध्यक्ष अधिकारी दम्पत्तिलाई कोरोना संक्रमण



Download our app to get more features

चितवन, १५ असाेज । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी दम्पत्तिलाई काेराेना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएकाे छ ।

समाचार संकलनको क्रममा अधिकारी सहित चितवनका अन्य केही पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको महासंघका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए ।

उनीहरूकाे सम्पर्कमा रहेका थुप्रै पत्रकारहरु होम क्वारेन्टिनमा रहेका उनले बताए । कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेका पत्रकारहरुको परिक्षण र अन्य सहयोगका लागि महासंघले सहजीकरण गरिरहेको छ । जिल्लाका सबै पत्रकारहरुलाई थप सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।

संक्रमित पत्रकार अधिकारी राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख समेत हुन् । उनकाे श्रीमती सुजाता पोखरेललाई पनि संक्रमण देखिएकाे हाे । उनीहरू हाेम आइसाेलेसनमा छन् ।

अध्यक्ष खतिवडाले पत्रकारलगाएत अन्य संक्रमित सबैकाे सिघ्रस्वास्थ्य लाभको कामना समेत गरेका छन् । बुधवारसम्मकाे तथ्याङ्क अनुसार जिल्लामा संक्रमितको संख्या २ हजार हाराहारी छ । जसमध्ये ९ सय ४७ जना काेराेना संक्रमणमुक्त भएका छन् ।

Last modified on 2020-10-01 12:02:25

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts