पोखरामा नवजात शिशुमा कोरोना संक्रमण

पोखरा, १४ असोज । पोखरामा नवजात शिशुमा कोरोना भइरसको संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २० घण्टाको नवजात शिशुमा कोरोना पोजिटिभ देखिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवजात शिशुसहित थप ३ जनामा संक्रमण देखिएको हो। २० घण्टाका नवजात शिशुको प्रतिष्ठानको एनआइसियुमा भर्ना गरेर उपचार भइरहेको छ।
अन्य २ संक्रमितलाई व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।