राष्ट्रिय भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने



Download our app to get more features

काठमाडौं, १४ असोज । राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ। यसअघि कार्तिक २ र ३ गते यो  कार्यक्रम तय गरिएको थियो। 

परिवार कल्याण महाशाखाका निर्देशक डा भीमसिन तिंकरीले  मंसिर ११ र १२ गते भिटामित ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए।

 "नियमित कार्यक्रम अन्र्तगत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भयो", उनले भने । ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो।

देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ।

महाशाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि  खुवाइने छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts