नेपालमा कोरोना संक्रमणः एक सातामा ८ हजारका दरले थपिए संक्रमित



Download our app to get more features

काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको दरमा वृद्धि हुँदै गएको छ ।

झन्डै दुई महिनादेखि औसतमा एक हजारका दरले नेपालमा कोरोना संक्रमित थपिँदै गएका छन् । जसका कारण सक्रिय संक्रमितदेखि महिला र पुरुषको संक्रमण दरपनि बढ्दै गएको छ भने कोरोना संक्रमणपछि निको हुनेको दरमा कमी आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक साताको तथ्यांकलाई नियाल्ने हो भने असोज ७ गते नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ थियो भने असोज १३ गतेसम्म नेपालमा कुन संक्रमितको संख्या ८ हजारको दरले वृद्धि भएर ७६ हजार २ सय ५८ पुगेको छ ।

असोज ७ गते नेपालमा कुल संक्रमितमध्ये १७ हजार ८ सय ९३ जना महिला अर्थात् २६ प्रतिशत रहेकोमा ४९ हजार ९ सय ११ जना पुरुष ७४ प्रतिशत रहेका थिए । जबकी असोज १३ गते नेपालमा कुल संक्रमितमध्ये २० हजार ६ सय ८६ जना महिला २७ प्रतिशत रहेकोमा ५५ हजार ४ सय ७२ जना पुरुषहरु ७३ प्रतिशत रहेका छन् ।

यस्तै एक साता अघि नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ अर्थात् २५ दशमलव ७ प्रतिशत थियो भने असोज १३ गते नेपालमा कुल संक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ अर्थात् २६ दशमलव ७ प्रतिशत पुगेको छ ।

यस्तै नेपालमा मृत्यु हुने दरमा पनि वृद्धि भएको छ । असोज ७ गते ७ जनाको मृत्यु भएको थियो । जुन संक्रमितमध्येको शून्य दशमलव ६ प्रतिशत हो भने असोज १३ गतेको तथ्यांक हेर्ने हो भने १० जनाको मृत्यु कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जुन कुल संक्रमितमध्येको शून्य दशमलव ७ प्रतिशत हो ।

नेपालमा संक्रमितको दरमा वृद्धि भएपनि कोरोना संक्रमणपछि निको हुनेको दरमा भने कमी आएको छ । असोज ७ गते नेपालमा कुल संक्रमितमध्ये ४९ हजार ९ सय ५४ जना अर्थात् ७३ दशमलव ७ प्रतिशत स्वस्थ भएकोमा असोज १३ गते कुल संक्रमितको तुलनामा स्वस्थ हुनेको दर कम रहेको छ । असोज १३ गतेसम्म नेपालमा रहेका कुल संक्रमितमध्ये ५५ हजार ४ सय ७२ जना स्वस्थ भएका छन् जुन ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो समय नेपालमा कुल संक्रमितको दरमा वृद्धि हुँदै गएकोमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिँदै गएका छन् । कोरोना संक्रमण सुरु भएको क्रममा काठमाडौंमा संक्रमितको दर निकै न्यून रहेकामा पछिल्लो समय औसतमा ८ सयका दरले संक्रमित थपिँदै गएका छन् ।

प्रदेशगत रुपमा हेर्ने हो भने बागमित प्रदेशमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

Last modified on 2020-09-30 09:16:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts