काठमाडौं उपत्यकामा एकैदिन ९३४ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौं ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जनालाई  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २३ हजार २६४ पुगेको छ। 

काठमाडौंमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३ सय ४६ र भक्तपुरमा  २ हजार ३७ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १५१३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ७६ हजार २ सय ५८ पुगेको छ। २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ। देशभर २० हजार ३ सय ९६ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

Last modified on 2020-09-29 18:57:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts