नेपालमा कोरोना संक्रमणपछि स्वस्थ हुनेको संख्या ५५ हजार नाघ्यो, ७६ हजारभन्दा बढी संक्रमित



Download our app to get more features

काठमाडौं, १३ असोज । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ७ सय ३१ जना स्वस्थ भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७ सय ३१ जना स्वस्थ भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको बताए ।

यो दर कुल संक्रमितको ७२ दशमलव ६ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा १० हजार ८ सय ९१ पिसिआर परीक्षण गरिएकोमा थप १५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

नेपालमा हाल २९्र० हजार ३ सय ९६ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने १० हजार ७ सय ७ जना होम आइसोलेसनमा रहेका छन् । 

Last modified on 2020-09-29 16:23:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts