चितवनमा साेमबार ५ वर्षीय बालकसहित थप ५८ जनामा काेराेना संक्रमण पुष्टि

चितवन, १३ असाेज । चितवनमा ५ वर्षीय बालकसहित थप ५८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा ४५ र भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा १३ गरी साेमबार गरिएकाे परीक्षणमा थप ५८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये ५० जना जिल्ला भित्रका छन् भने ८ जना बाहिरी जिल्लाका छन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३७ जना, खैरहनी नगरपालिकाका ६ जना, रत्ननगर नगरपालिकाका ३ जना र कालिका नगरपालिकाका ४ जना रहेका छन् ।
यसैगरि अन्य संक्रमित हुनेहरूमा जिल्ला बाहिरका पूर्वी नवलपरासीका ४ जना, काठमाडौं, ललितपुर, धनुषा र बाराका समान १–१ जना रहेका छन् ।
याे सहित जिल्लाका संक्रमितको संख्या एक हजार ८ सय ७३ जना पुगेको छ । जसमध्ये झन्डै ८ सय जना काेराेना संक्रमणमुक्त भएका छन् ।
जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १९ जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा ११ जना भरतपुर महानगरपालिका भित्रका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।