"एसिड छ्याप्नेलाई २० वर्ष जेल सजाय हुने गरी अध्यादेश जारी"

अध्यादेश



Download our app to get more features

काठमाडौं, १२ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने गरी नयाँ अध्यादेश आएको बताएकी छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुने प्रावधानसहितको अध्यादेश जारी गरेको बताउँदै मन्त्री तुम्बाहाङ्फेले कानुनमा आक्रमणकारीलाई २० वर्ष सजाय तोकिएको र २० वर्ष नै सजाय काट्नुपर्ने बताईन् ।

‘कुनै पनि व्यक्तिको शरीरमा एक थोपा वा दुई थोपा मात्रै परे पनि कडा कारबाही हुन्छ, तेजाब आक्रमण गर्नेलाई एक सेकेण्ड पनि कैद छुट हुने प्रावधान छैन । आक्रमणकारी कुनै पनि हालतमा २० वर्ष जेलमा बस्नैपर्छ’, उनले भनिन् ।

आक्रमणमा परेपछि जुनसुकै मितिमा उजुरी दिए पनि त्यो मुद्दालाई प्राथमिकताका आधारमा सुनुवाइ गर्ने व्यवस्था गरिएको मन्त्री तुम्बाहाङ्फेको भनाइ छ ।

यस्तै अभियन्ता उज्ज्वल थापाले एसिड आक्रमणलाई गम्भीर अपराधका रुपमा व्याख्या गर्दै सरकारले कानुन बनाएर दक्षिण एसियामै गर्व गर्न लायक काम गरेको बताए ।

छिमेकी देशको तुलनामा नेपालमा एसिड आक्रमणका घटना कम भए पनि सरकारले कडा कानुन ल्याएर प्रशंसनीय काम गरेको थापाको भनाइ छ ।

नेपालमा जतिसुकै कडा कानुन बने पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको उल्लेख गर्दै अभियन्ता थापाले कार्यान्वयनको पक्षमा विशेष जोड दिन सरकारलाई आग्रह गरेका छन् ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा १७ वटा घटनामा १९ जना पीडित भएका छन ।

Last modified on 2020-09-28 20:33:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts