काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १२ असोज ।  पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय १७ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ । 

उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ।

काठमाडौंमा १८ हजार १ सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा देशभर १ हजार ३५१ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ।

२४ घण्टा ७ सय ४२ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts