गत २४ घन्टामा कोरोना संक्रमणका कारण महिलाको मृत्युदर शून्य, ८ जना पुरुषको मृत्यु



Download our app to get more features

काठमाडौं, १० असोज । नेपालमा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा थप ८ जना पुरुषहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै बागमति प्रदेशका ५ जना, प्रदेश नम्बर १ मा एक जना, प्रदेश ५ मा एक जना र सुदूरपश्चिम प्रदेशमा १ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा झापाका ६३ वर्षीय, काठमाडौंका २० र ७४ वर्षीय दुई जना, ललितपुरका ७६ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय पुरुषहरु रहेका छन् ।

शनिवार कोरोना संक्रमणका कारण कुनैपनि महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर २ सय २४ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने २७ जनाको उपचार भेन्टिेलेटरमा भइरहेको छ ।

सबैभन्दा धेरै बागमति प्रदेशमा २३ जना प्रदेश ५ मा ३ जना र प्रदेश १ मा एक जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

यस्तै आईसीयूमा उपचाररत बिरामीको संख्या पनि सबैभन्दा धेरै बागमतिमा रहेको छ । हाल बागमति प्रदेशमा १ सय २१ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने प्रदेश ५ मा ४४ जना, प्रदेश २ मा २० जना, कर्णाली प्रदेशमा १८ जना र प्रदेश १ मा १५ जनाको उपचार आईसीयूमा भइरहेको छ । गण्डकी प्रदेशमा भने आईसीयूमा बिरामी नरहेको पनि मन्त्रालयले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts