नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, ११ सय ४७ स्वस्थ



Download our app to get more features

काठमाडौं, १० असोज । नेपालमा थप १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप एह जार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १० हजार १९ पिसिआर परीक्षण गरिएकोमा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७१ हजार ८ सय २१ पुगेको जानकारी समेत दिए ।

यस्तै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७३ दशमलव ८ प्रतिशत पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा थप ११ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको भन्दै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५३ हजार १३ पुगेको बताए । यो संख्या कुल संक्रमितको ७३ दशमलव ८ प्रतिशत हो ।  

Last modified on 2020-09-26 16:24:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts