आईओएमका डीन डा दिव्यासिंह शाहमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १० असोज । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा दिव्यासिंह शाहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेकी डा शाहलाई विगत ४ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस जस्ता स्वास्थ्य समस्या देखिएपछि शुक्रवार स्वाब दिएकी थिइन् ।

पिसिआर परीक्षणको क्रममा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि घरमै रहेकी सिंह संक्रमण पुष्टि भएपछि घरमै रहेकी छिन् ।

मिर्गौला रोग विशेषज्ञ डा सिंहले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र केही लक्षण देखिएमा कोरोना परीक्षण गराउन पनि आग्रह गरेकी छिन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts