सुदूरपश्चिममा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९ पुग्यो

धनगढी, १० असोज । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक जना उमेर नखुलेको पुरुषको कोरोना संक्रमणका कारण मुत्यु भएको हो ।
बैतडीका ३० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हो भने भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको पनि मृत्यु पश्चात कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यस्तै बझाङ घर भइ काठमाडौंमा कार्यररत सैनिक जवानको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।