भारतबाट फर्किने क्रममा बाटोमै मृत भेटिएका बैतडीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

धनगढी, १० असोज । बैतडीमा एक जना पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतकको डडेल्धुरा अस्पताल प्रयोगशालामा पिसिआर विधिमार्फत् कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताए ।
भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका थिए । मृतक बोहोराको शव व्यवस्थापन गर्ने तयारी भईरहेको छ ।