सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पूर्व स्वास्थ्य मन्त्री थापाको आग्रह

काठमाडौं महानगरका विभिन्न वडामा गुृर्जो रोप्ने अभियान शुरु



Download our app to get more features

काठमाडौ, १० असोजं । पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

थापाले महामारीबाट जोगिनका लागि अहिलेका हरेक व्यवहार पूर्ण सजगताका साथ सञ्चालन गर्नु पर्ने बताए । 

शनिवार महानगरको वडा ७, ९ र ३० मा आयोजना गरिएको गुर्जो रोपण तथा वितरण कार्यक्रमको शुभारम्भ गर्दै उनले भने, ‘कोभिड १९ को संक्रमणबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुपर्नेहरुका लागि अस्पतालहरुमा ठाउँ भेट्न कठिन भइसक्यो । सबै अस्पताल भरिएका छन् । अस्पतालमा भएको यो चाप घटाउन नागरिकले स्वास्थ्य सेवा मापदण्डको पालना गर्नुपर्छ ।’

‘गुर्जोमा रोगप्रतिरोधात्मक क्षमता छ । यसैकारण सरकारले यसलाई बिशेष महत्व दिएको हो । तर गुर्जोले काम गर्छ भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त बनाउने हो भने संक्रमण घट्नुको सट्टा बढ्छ । त्यसैले सबै काममा सन्तुलन कायम गरौं ।’ पूर्वमन्त्री थापाको भनाइ थियो । 

कार्यक्रममा थालनीमा स्थानीय ९७ बर्षिय आशाकाजी महर्जनलाई गुर्जोको विरुवा प्रदान गरिएको थियो । शनिवारै रातोपुलदेखि कालोपुलसम्मको सडक खण्डमा गुर्जो रोपिएको छ ।

कार्यक्रम रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा महानगरका वडा ७, ९ र ३०, सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४, फोहोरमैला व्यवस्थापन संघ, फ्लोरिकल्चर एशोसिएसन र ह्याम्स स्कूलको सहकार्य थियो । गुर्जोका विरुवा कमलबहादुर राजलवटले उपलब्ध गराएका थिए ।
 
कार्यक्रममा महानगरको वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ र वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्ना वडाहरुमा स्थानीयबाट गुर्जोका विरुवाको धेरै माग रहेको बताए ।
 
रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीका अनुसार शनिवार १ हजार विरुवा वितरण हुनेछन् । एकघर एक विरुवाका दरले सबै घरलाई विरुवा उपलब्ध गराइनेछ । 

Last modified on 2020-09-26 13:12:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts