निजी प्रयोगशालाले कोरोना परीक्षण सम्बन्धी मापदण्ड नमाने कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं, १० असोज । सरकारले नीजि क्षेत्रका प्रयोगशालाले कोरोना परीक्षण सम्बन्धी मापदण्ड नमाने कारबाही गरिने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशालालाई कारबाही गरिने बताएको छ ।
सरकारले पिसिआर परीक्षण गर्दा बढी शुल्क लिने गरेको पाइएको भन्दै तत्काल बन्द गरी सरकारले तोकेकै शुल्क लिन चेतावनी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा समिर कुमार अधिकारीले भने, यदि तोको शुल्क भन्दा धेरै लिएको पाइएमा हदै सम्म्को कारबाही हुने छ ।
पछिल्लो समय नीजि क्षेत्रका केही प्रयोगशालाले तोको भन्दा धेरै शुल्क लिने, अनावश्यक व्यक्तिको परीक्षण गर्ने, नभएको हल्ला फैलाउने गुनासो आएकाले मन्त्रालयले आपत्ति जनाएको हो ।
अहिले देसभर ५५ वटा प्रयोगशालाबाट परीक्षण गर्ने व्यवस्था गरेको छ । त्यस मध्ये देसभर ४० वटा सरकारी प्रयोगशालाबाट राष्ट्रिय परीक्षण नीति अनुसार परीक्षण गर्ने भनिएका व्यक्तिको निशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ ।