नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, १० हजारभन्दा बढी होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, ९ असोज । नेपालमा थप १३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा गरिएको १२ हजार २ सय ६२ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप १४ सय ५५ जना कोरोना संक्रमण पछि निको भएको भन्दै डा गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको पनि जानकारी दिए । यो संख्या कुल संक्रमितको ७३ दशमलव ४ प्रतिशत हो ।

यस्तै हाल नेपालमा १८ हजार २ सय ८९ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ८ हजार २ सय ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ५१ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2020-09-25 16:24:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts