गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण



Download our app to get more features

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार  कास्कीका ४ र लमजुङका ४ जना छन् ।

लमजुङ जिल्लाका सबैजना कन्ट्रयाक टेसिङबाट पहिचान भएका हुन् भने पोखरा महानगरपालिकाका सबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन ।

उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय १२ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts