दार्चुलामा स्क्रब टाइफसका बिरामी बढे, पुरुषभन्दा महिला बढी बिरामी



Download our app to get more features

दार्चुला, ८ असोज । दार्चुलामा एक महिनाको अवधिमा ३४ जनामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । ती मध्ये २५ जना महिला र ९ जना पुरुष रहेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।

हालसम्म जिल्लाको मालिकार्जुन गाउँपालिकामा ७ जना महिला तथा चार जना पुरुष गरी १० जना, महाकाली नगरपालिकामा १४ जना महिला तथा ५ जना पुरुषगरी १९ जना, व्याँस गाउँपालिकामा तीन जना महिला तथा लेकम गाउँपालिकामा एक जना महिलामा स्क्रब टाइफस देखिएको छ ।
 
माइट नामक किर्नाको टोकाईबाट हुने स्क्रब टाइफसका कारण दार्चुलामा बिरामी हुनेको संख्या बढेको छ । 

महिलाहरु पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा महिलाहरुलाई बढि स्क्रब टाइफसको जोखिममा रहेको स्वास्थ्यर्मीले बताएका छन् । साथै उनीहरुले सरसफाईमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । 

गत वर्षको तुलनामा यो वर्ष स्क्रब टाइफसका बिरामी बढी देखिन थालेका छन् । गत आर्थिक वर्षमा जिल्लाभरी ३ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts