चितवनमा एउटै पालिकाका ७५ सहित थप १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, ८ असोज । चितवनमा थप एक सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) मा एक सय ४० र भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा ३ गरी थप एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये एक सय २९ जना जिल्ला भित्रका छन् भने १४ जना बाहिरी जिल्लाका छन् ।
जसमध्ये रत्ननगर नगरपालिकाका मात्रै ७५ जना छन् । त्यसमा पनि वडा नंम्वर १४ का मात्रै ४५ जना रहेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका समान २/२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।
यसैगरि जिल्ला बाहिरका अन्य संक्रमित हुनेहरूमा पूर्वी नवलपरासीका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका समान एक/एक गरी जम्मा १४ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार यो सहित जिल्लाका संक्रमितको संख्या एक हजार छ सय ८५ जना पुगेको छ । जसमध्ये सात सय भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १० जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।