बझाङ जिल्ला अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा



Download our app to get more features

बझाङ, ८ असोज । जिल्ला अस्पताल बझाङमा रहेको कारोना परीक्षण  प्रयोगशाला सञ्चालनमा आएको छ । 

जिल्ला अस्पताल बझाङले बुधबार प्रेस विज्ञप्तिमार्फत् प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिएको छ । 

बझाङ प्रयोगशालामा परीक्षण गरिएका ५ ओटा पोजेटिभ र पाँच ओटा नेगेटिभ नतिजा आएको नमुना डडेल्धुरा अस्पतालको प्रयोगशामा प्रमाणिकरणका लागि परीक्षण गर्दा नतिजामा कुनै फरक नरहेको बताइएको छ । योसँगै जिल्ला अस्पताल बझाङको कारोना  परीक्षण प्रयोगशालाले पनि मान्यता पाएको हो । 

जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले ढिलै भए पनि कोरोना परिक्षण प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे । यस प्रयोगशालमा दैनिक २ सय नमुना जाँच गर्न सक्ने क्षमता छ ।

भदौ २६ गते जिल्ला भित्रिएको पिसिआर जडान गर्ने इन्जिनियर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला जडानमा केही ढिलो भएको थियो ।

मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडांसँग १ करोड २५ लाख ४२ हजार एक सय भ्याटसहित सम्झौता भएको थियो । गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो ।

मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वयले आर्थिक सहयोग गरेका थिए । नगरपालिका र जिल्ला समन्वयले १५ लाख र गाउँपालिकाहरुले १०–१० लाख छुट्याएका छन् ।

Last modified on 2020-09-24 13:41:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts