चीनबाट दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रियो



Download our app to get more features

काठमाडौं, ८ असोज । रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक  स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् ।

आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कामसमेत सकेर दुई वटै ट्रक गन्तव्यतर्फ पठाइएको रसुवा भन्सार कार्यालयले जनाएको छ । झण्डै एक महिनादेखि बन्द उत्तरको केरुङ नाका हिजोदेखि सञ्चालनमा आएको हो । चिनियाँ पक्षले अनुमति दिएपछि स्वास्थ्य सामग्री मितेरी पुलमा आइपुगेका थिए ।

केरुङका गोदाममा राखिएका अरु सामान भने विगतकै अनुपातमा पठाउने तयारी छ । अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र भोलिसम्ममा पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । 

अहिलेकै परिमाणमा आयात हुने हो भने केरुङमा रहेका सामान नेपाल भित्रिन झण्डै ६ महिना लाग्ने व्यवसायीले बताउँदै आएका छन् । व्यवसायीको आग्रहअनुसार नेपाली पक्षले सामान आयातको परिमाण बढाउन प्रस्ताव गरेको छ ।


 

Last modified on 2020-09-24 11:22:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts